खेल


एनएसएल अक्सन : रन्जन विष्ट झापा पुगे, अरु खेलाडी को कहाँ?

एनएसएल अक्सन : रन्जन विष्ट झापा पुगे, अरु खेलाडी को कहाँ?

एनएसएल अक्सन। तस्बिर : विक्रम राई/नेपालखबर


नेपालखबर
फागुन २०, २०७८ शुक्रबार १७:१४, काठमाडौँ

फरवर्ड रन्जन विष्ट झापा पुगेका छन्। झापाको मार्की खेलाडीमा रन्जनका भाई अन्जन विष्ट छन्। यो सिजन दाजुभाइले एकै क्लवबाट खेल्नेछन्। गत सिजन पनि विष्ट दाजुभाइले एकै क्लवबाट खेलेका थिए। उनले ललितपुरबाट एनएसएल खेलेका थिए। 

फरवर्ड दर्शन गुरुङ बुटवल लुम्बिीनीबाट एनएसएल खेलने भएका छन्। दर्शनमाथि ६ टोलीले बोली लगाउँदा गोलाप्रथाबाट दर्शन बुटवल लुम्बिनीमा पुगे। उनले ३ लाख ५० हजार रुपैयाँ पाउनेछन्। 

डिफेन्डर सनम सोडेम्बा लिम्बुमाथि २ टोलीले बोली लगाए। गोलाप्रथाबाट उनी पोखरा पुगे। उनले १ लाख रुपैयाँ पाउनेछन्। 

डिफेन्डर प्रवेश कुँवरमाथि ३ टोलीले बोली लगाउँदा गोलाप्रथाबाट उनी धनगढी पुगे। १ लाख ५० हजार रुपैयाँमा धनगढी पुगेका हुन्। 

मिडफिल्डर सुशिल राई अनसोल्ड, फरवर्ड सुमन लामा अनसोल्ड, डिफेन्डर भोला शिलवाल अनसोल्ड भए। 

विजय धिमाल विराटनगर गए। गोलरक्षक विश्वास चौधरी १ लाख रुपैयाँमा बुटवलमा पुगे। 

डिफेन्डर चेतन कुमार थारुलाई न्युनतम मुल्य ५० हजार रुपैयाँमा पोखराले किनेको छ।

पुजन उपरकोटी गोल्डेन बजरमा धनगढी पुगेका छन्। क्याटोगोरी ए का पुजनलाई धनगढीले बजर थिचेर लगेको हो। धनगढीले पुजनलाई ३ लाख ५० हजार रुपैयाँमा किनेको हो। पुजनले ए डिभिजन लिग मनाङबाट खेलेका थिए। 

मिडफिल्डर हेमन्त थापा मगर १ लाख ५० हजारमा बुटवल पुगेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad