मिडफिल्डर जगजित श्रेष्ठ १ लाख ५० हजार रुपैयाँमा काठमाडौँ पुगेका छन्। त्रिभुवन आर्मी फुटबल क्लबबाट ए डिभिजन लिग खेलेका उनलाई काठमाडौंले मात्र बोली लगाएको हो।
गोलरक्षक रोहित कार्की विराटनगर पुगेका छन्। गत सिजन उनले ललितपुर सिटीबाट एनएसएल खेलेका थिए। उनले १ लाख ५० हजार रुपैयाँ पाए।
फरवर्ड सन्जोक राई एफसी चितवनबाट एनएसएल खेल्ने भएका छन्। क्याटोगोरी बी का उनीमाथि इलाम बाहेक अन्य ९ टोलीले बोली लगाएका थिए। गोलाप्रथाबाट एएफसी चिवतनले १ लखा ५० हजार रुपैयाँमा खरिद गरेको हो।
गत सिजन काठमाडौबाट एनएसएल खेलेका उनले ए डिभिजन लिग भने थ्रीस्टारबाट खेलेका थिए।
विशाल बस्नेत एफसी चितवनबाट एनएसएल खेल्ने भएका छन्। उनी गोलाप्रथाबाट चितवन पुगेका हुन्।
मिडफिल्डर श्याम बाबु क्याप्छाकी काठमाडौ रेजर्समा पुगेका छन्।
डिफेन्डर छिरिङ गुरुङ पोखरा थन्डर्स पुगेका छन्। उनीमाथि ६ टोलीले बोली लगाएपछि भएको गोलाप्रथाबाट पोखराले पाएको हो। गत सिजन काठमाडौबाट एनएसएल खेलेका उनले ए डिभिजन लिग मछिन्द्रबाट खेलेका थिए।
डिफेन्डर राजन गुरुङ एफसी चितवन पुगेका छन्। १ लाख ५० हजार रुपैयाँमा चितवन पुगे। एपीएफ फुटबल क्लवका उनले गत सिजन काठमाडौबाट एनएसएल खेलेका थिए।
डिफेन्डर सरोज तामाङले विराटनगरबाट एनएसएल खेल्ने भएका छन्। न्युरोड टिम एनआरटीका उनी माथि ३ टोलीले बोली लगाएपनि गोलाप्रथाबाट विराटनगरले पाएको हो।
डिफेन्डर नरेन्द्र चौधरी काठमाडौ रेजर्समा पुगेका छन्। उनी १ लाख रुपैयाँमा काठमाडौ पुगेका हुन्। मनाङका चौधरीमाथि ५ टोलीले बोली लगाएपछि गोलाप्रथाबाट काठमाडौले पाएको हो।
आवास लामिछाने २ लाख ६० हजार रुपैयाँमा विराटनगरले किनेको छ। आवास एपीएफ क्लबका सदस्य हुन्।
मिडफिल्डर सुरज ज्यु ठकुरी १ लाख ९० हजार रुपैयाँमा विरगन्ज युनाईटेड पुगेका छन्। उनले गत सिजन विराटनगरबाट एनएसएल खेलेका थिए।
निशान्त थापा ५० हजार रुपैयाँमा स्पोटिङ इलाम पुगे।
मिलन राई विराटनगरले १ लाख रुपैयाँमा किनेको छ।
सौजन राई १ लाख रुपैयाँमा बुटवल पुगेका छन्।
Shares

प्रतिक्रिया