ad ad

खेल


टी-१० मा सन्दीपको उत्कृष्ट प्रदर्शन तर टिम पराजित

टी-१० मा सन्दीपको उत्कृष्ट प्रदर्शन तर टिम पराजित

नेपालखबर
मंसिर २, २०७६ सोमबार २:४,

यूएईमा जारी टी-१० क्रिकेट लिगको दोस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन रहे तापनि उनको टोली कर्नाटका टुसकेर्स पराजित भएको छ।

आइतबार भएको खेलमा कर्नाटका बंगला टाइगर्ससँग ५ विकेटले पराजित हुँदा सन्दीपले २ विकेट लिएका थिए।

शेख जायद स्टेडियममा कर्नाटकाले दिएको १ सय १५ रनको लक्ष्य बंगलाले ८ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्‍याे।

बंगलाको जितमा आन्द्रे फ्लेट्चरले ४० रन जोड्दा टम मोरेसले अविजित २८ रन बनाए। सन्दीपले २ ओभरमा २ विकेट लिदामात्रै ९ रन खर्चिए। सन्दीपले एक रन आउटसमेत पारेका थिए। यसअघि दिल्ली ब्लुजसँग भएको खेलमा पनि सन्दीपले १ विकेट लिएका थिए।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कर्नाटकाले १० ओभरमा १ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो।

कर्नाटकाका लागि जोनसन चार्ल्सले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान हसिम अमलाले अविजित ४७ रन बनाए।

समूह ए रहेको कर्नाटका २ खेलमा २ अंक जोडेर पुछारमा छ। बंगलाको यो पहिलो जित हो। बंगला २ खेलमा २ अंक नै जोडेर शीर्ष स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .