ad ad

खेल


एपीएफलाई जितका लागि सुदूरपश्चिमले दियो ११४ रनको लक्ष्य

एपीएफलाई जितका लागि सुदूरपश्चिमले दियो ११४ रनको लक्ष्य

नेपालखबर
फागुन १६, २०७८ सोमबार १४:३४, काठमाडौँ

ललितपुर मेयर महिला च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगितामा सुुदूरपश्चिम प्रदेशले एपीएफ क्लबसामु १ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय  १३ रनको योगफल तयार पारेको हो।  

पहिलो विकेटका लागि ओपनर रेवती रावल र बिन्दु रावलले ४८ रनको साझेदार गरेपछि सुदूरपश्चिमले बलियो योगफल तयार पारेको हो। 

ओपनर रेवती रावलले ३१ बलमा १० रन जोड्दै रनआउट भइन्। बिन्दु रावल ३७ रनमा पवेलयिन फर्किइन्। ३६ बलको सामना गरेकी बिन्दुले ५ चौका प्रहार गरिन्। 

तेस्रो विकेटका लागि कविता कुँवर र डली भट्टले ५२ रनको साझेदारी गरे। डली भट्ट ३६ रनमा रनआउट भइन्। २५ बलको सामना गरेकी उनले ४ चौका र १ छक्का हानिन्। 

कविता जोशी शून्य रनमा आउट भइन्। कविता कुँवर २४ र कप्तान रितु कनौजिया २ रनमा नटआउट रहे। कविताले २५ बलमा २४ रन बनाइन्। 

एपीएफका लागि सुष्मा श्रेष्ठले दुई विकेट लिइन्। करुणा भण्डारीले आफ्नो स्पेलमा २८ रन खर्चिइन्। सीता रानामगरले ४ ओभरमा १ मेडन राख्दै १९ रन दिइन्। सोनु खड्काले ३ ओभरमा २४ दिइन्। 

समूह चरणमा अपराजित रहेर एपीएफ शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो। ३ खेलमा जित र एक खेलमा हार भोगेको सुदूरपश्चिम ६ अंकमा दोस्रो स्थानमा रहेर उपाधिका लागि खेल्दै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .