स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओमाथि ४–० को फराकिलो जित हात पारेको छ।
बार्सिलोनालाई जित दिलाउन पिएरे–एमरिक औबामेयाङ, औस्माने डेम्बेले, लुक डे जोङ र मेम्फिस डेपेले १/१ गोल गरेका थिए।
विपक्षी टोलीबाट भने कुनै गोल हुन सकेन।
यससँगै ला लिगामा बार्सिलोनाले २५ खेलबाट ४५ अंक हात पारेको छ।
साथै यो टोली एथ्लेटिको मड्रिडलाई पछि पार्दै लिगको चौथो स्थानमा उक्लिएको छ।
लिगको शीर्षस्थानमा रहेको रियल मड्रिडले २६ खेलबाट ६० अंक जोडेको छ।
51
Shares
प्रतिक्रिया