ad ad

खेल


च्याम्पियन मच्छिन्द्रद्वारा जितसहित सिजनको अन्त्य

च्याम्पियन मच्छिन्द्रद्वारा जितसहित सिजनको अन्त्य

जितपछि उपाधि लिँदै मच्छिन्द्रका खेलाडीसहित प्रशिक्षक र पदाधिकारी। तस्बिर: विजय सिंह/नेपालखबर


नेपालखबर
फागुन १४, २०७८ शनिबार १९:२२, काठमाडौँ

च्याम्पियन मछिन्द्र फुटबल क्लबले जितसहित कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगको अन्त्य गरेको छ। 

लिगको अन्तिम खेलमा मछिन्द्रले एपीएफ फुटबल क्लबलाई २–१ ले हराउँदै अपराजित यात्रा जोगाएको हो। 

जारी लिगमा मछिन्द्र र आर्मी फुटबल क्लब मात्रै अपराजित रहे। 

त्रिपुरेश्वरस्थित दशरग रंगशालामा शनिबार भएको खेलमा मछिन्द्रको जितमा रेजिन सुब्बा र अविषेक गुरुङले गोल गरे। एपीएफका लागि प्रदीप लामाले गोल फर्काए। 

प्रतिस्पर्धात्मक खेलको ८८ औँ मिनेटमा मछिन्द्र र एपीएफ दुवै १० खेलाडीमा सीमित भए। 

मछिन्द्रका सोनाम भुटिया र एपीएफका आभास लामिछाने दोहोरो पहेलो कार्ड खाँदै मैदान छाडेपछि दुवै टोली १० खेलाडीमा सीमित भए।

खेलको ८१ औँ मिनेटमा मछिन्द्रका रेजिन सुब्वाले गरेको गोल नै मछिन्द्रका लागि निर्णायक बन्यो। 

रेजिनले अन्द्रेस निलको पासमा किपर बिट भएको अवस्थामा गोल गरे। 

त्यसअघि खेलको ४२ औँ मिनेटमा आविशेक गुरुङको गोलमा मछिन्द्रले सुरुवाती अग्रता बनाएको थियो। अविषेकले किपर अघि बढेको अवस्थामा खाली पोष्टमा गोल गर्दै मछिन्द्रलाई १–० को अग्रता दिलाएका थिए। 

त्यसअघि खेलको छैटौं मिनेटमा मछिन्द्रका अभिषेक गुरुङको प्रहार गोलकिपर युया कुरियामाले बचाए। 

खेलको ११ औं मिनेटमा एपिएफका विकी तामाङको क्रसमा आशिष लामाको प्रहारलाई मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले रोके। 

पहिलो हाफमा १–० ले पछि परेको एपीएफले दोस्रो हाफमा आक्रमक खेल प्रस्तुत गरेको थियो। 

खेलको ६९ औँ मिनेटमा कप्तान प्रदिप लामाले गोल गर्दै एपीएफलाई बराबरीमा ल्याए। 

मणि कुमार लामाको पासमा किपर अघि बढेको अवस्थामा प्रदिप लामाले बललाई पोष्टको जाली चुमाएका हुन्। 

जितसँगै मछिन्द्रले ३५ अंक बनाएको छ। ११ खेलमा जित र २ खेलमा बराबरी गर्दै सिजन सकाएको हो। 

पराजित एपीएफले भने १३ खेलबाट १६ अंक बनाउँदै सातौँ स्थानमा रहेर लिग सकेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .