ad ad

खेल


ए डिभिजन लिगमा एनआरटी तेस्रो

ए डिभिजन लिगमा एनआरटी तेस्रो

नेपालखबर
फागुन १४, २०७८ शनिबार १५:३७, काठमाडौँ

न्यूरोड टिम (एनआरटी) ले कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगमा तेस्रो स्थानमा रहेर यो संस्करणको लिगको यात्रा टुङ्ग्याएको छ। 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शनिबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै एनआरटी तेस्रो स्थानमा रहँदै लिग सकाएको हो। 

सोही समयमा त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा मनाङ र आर्मीले बराबरी खेलेपछि हेड टु हेडमा एनआरटी तेस्रो स्थानमा रहेको हो। 

मेसुके ओलुमोउको ह्याट्रिकमा सातदोबाटोले पुलिस क्लबलाई ३–१ को फराकिलो अन्तरले पाखा लगाएको हो। 

खेलको १२ औँ मिनेटमा रवि पासवानको गोलमा पुलिस क्लबले सुरुवाती अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा एनआरटीसँग हार भोग्यो। 

पहिलो हाफमा १–० ले पछि परेको एनआरटीले उत्कृष्ट पुनरागमन गर्दै खेलमा जित निकालेको हो। खेलको ४७ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै एनआरटीलाई बराबरीमा ल्याए। 

मेसुके ६२ र ८३ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .