प्रधानसेनापति खुला म्याराथनको उपाधि नेपाल आर्मीका कृष्ण बहादुर बस्नेतले जितेका छन्।
शनिबार भएको खुला म्याराथनमा बस्नेतले आर्मीकै खडक बहादुर खड्कालाई पछि पार्दै उपाधि जितेका हुन्।
बस्नेतले निर्धारित दुरी ४२ दशमलव १९५ को दुरी २ घण्टा १९ मिनेट ५७ सेकेण्डमा पूरा गरे।
दोस्रो भएका खड्काले २ धण्टा २२ सेकेण्डमा दुरी पार गरेका हुन्। उपाधिसँगै कृष्णले ३ लाख रुपैयाँसहित एक थान मोटरसाईकल प्राप्त गरे।
दोस्रो भएको आर्मी कै खड्का बहादुर खड्काले २ लाख रुपैयाँ र मोटरसाइकल पाए।
नेपाल एपीएफ क्लबका किरण सिंह बोगटी भने तेस्रो भए। किरणले निर्धारित दुरी २ घण्टा २४ मिनेट ४० सेकेण्डमा पार गरे। उनले १ लाख रुपैयाँ पाए।
खुला म्याराथनको शीर्ष १० मा आर्मीकै खेलाडी कै वर्चश्व रह्यो।
चौथो भएका होमलाल श्रेष्ठले ५० हजार, पाँचौ भएको राजन रोकायाले ३० हजार, छैटौं भएको नवराज साउदले २५ हजार, सातौँ भएको वेद बहादुर सुनुवारले २० हजार, आठौं भएको रमेश मगरातीले १५ हजार, नवौं भएको सागर बुढाथोकीले १० हजार र १०औं भएका देवराज बस्नेतले ५ हजार रुपैयाँ प्राप्त गरे।
Shares
प्रतिक्रिया