कतार एयरवेज ए डिभिजन लिगअन्तर्गत शनिबार अन्तिम तीन खेलहरु हुँदै छन्।
शनिबार दिउँसो १ बजे एन्फा कम्प्लेक्समा न्युरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।
अहिलेसम्म एनआरटीले १२ खेलबाट २० अंक जोडेको छ भने नेपाल पुलिस क्लबले १२ अंक मात्र हात पारेको छ।
सोही समयमा दशरथ रंगशालामा त्रिभुवन आर्मी र मनाङ मर्स्याङ्दी क्लब प्रतिस्पर्धामा उत्रिनेछन्। त्रिभुवन आर्मी क्लबले १२ खेलबाट २२ अंक जोडेको छ।
मनाङले भने २० अंक हात पारेको छ।
यस्तोमा आर्मीलाई हराउँदै लिगको दोस्रो स्थानसम्म पुग्ने सम्भावना जीवित राख्ने मनाङको प्रयास रहनेछ भने खेल जित्दै दोस्रो स्थान पक्का गर्ने दाउ आर्मीको हुनेछ।
दिउँसो साढे ४ बजे मछिन्द्र र एपीएफबीच दशरथ रंगशाला प्रतिस्पर्धा हुनेछ।
लिग उपाधि पक्का गरिसकेको मछिन्द्रले १२ खेलबाट ३२ अंक जोडेको छ। एपीएफले भने केवल १५ अंक हात पारेको छ।
Shares
प्रतिक्रिया