ad ad

खेल


च्याम्पियन्स लिगको फाइनल रुसमा नहुने

च्याम्पियन्स लिगको फाइनल रुसमा नहुने

नेपालखबर
फागुन १४, २०७८ शनिबार ६:४३, काठमाडौँ

रुसले बिहीबारबाट युक्रेनमा आक्रमण गरेसँगै सबैभन्दा महत्वपूर्ण क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलको स्थान परिवर्तन गरिएको छ।

यसअघि रुसमा हुने तय भएको फाइनल खेल अब भने फ्रान्सको राजधानी सहर पेरिसमा हुनेछ। 

यसअघि २८ मेमा रुसको सेन्ट पिटर्सबर्गमा फाइनल खेल गराउने तय गरिएको थियो। त्यस्तै रुसमा हुने तय भएका अन्य खेलहरु पनि रद्द भएका छन्।

आगामी सेप्टेम्बरमा रुसमा हुन लागेको फर्मुला १ ग्रान्ड प्रिक्सको खेल पनि रद्द गरिएको छ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले रुस र बेलारुसमा हुने तय भएका सबै खेलहरु अन्यत्र सारिनुपर्ने वा रद्द गरिनुपर्ने बताएको छ। 

यसैबीच विभिन्न खेलाडी तथा क्लबहरुले रुसी कम्पनीसँगको प्रायोजन सम्झौता रद्द गरेका छन्।

त्यस्तै रुसका टेनिस खेलाडीहरुले पनि युद्धको भर्त्सना गर्दै शान्ति स्थापनाको लागि आह्वान गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .