ad ad

खेल


प्रदेश १ माथि सुदूरपश्चिमको सहज जित

प्रदेश १ माथि सुदूरपश्चिमको सहज जित

नेपालखबर
फागुन १३, २०७८ शुक्रबार १७:१६, काठमाडौँ

ईश्वरी विष्टको घातक बलिङमा सुदूरपश्चिम प्रदेशले प्रदेश १ माथि सहज जित निकालेको छ। 

शुक्रबार भएको खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई ६ विकेटले हराएको हो। 

प्रदेश १ ले दिएको ५३ रनको लक्ष्य सुदूरपश्चिमले १० ओभरमा ४ विकेट गुमाएर भेट्टायो। सुदूरपश्चिमकी विन्दु रावल २७ रनमा रनआउट भइन्। कविता कुँवर ६ र सम्झना खड्का १ रनमा नटआउट रहे। अन्य ३ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

प्रदेश १ का रुविना क्षत्रीले २ तथा अलिसा खडियाले १ विकेट लिए। 

त्यसअघि किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १,  १८ दशमलव ४ ओभरमा ५२ रन जोड्दा अलआउट भयो। 

प्रदेश १ की संगीता राईले १२ तथा सवनम राईले १० रन जोडे। अन्य ६ ब्याटरल दोहोरो अंकको स्कोर छुन नसक्दा ३ ब्याटरले खातै खोल्न सकेनन्। 

प्रदेश १ लाई कम स्कोरमा रोक्न सुदूरपश्चिमकी ईश्वरी एक्लैलै ४ विकेट लिइन्। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै १० रन खर्चिईन्। कविता जोशी र सम्झना खड्काले समान २ विकेट लिए। रितु कनौजिया र कविता कुँवरको नाममा एक एक विकेट रह्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .