ad ad

खेल


च्याम्पियन्स लिगको फाइनल रसियाबाट सारिने

च्याम्पियन्स लिगको फाइनल रसियाबाट सारिने

नेपालखबर
फागुन १३, २०७८ शुक्रबार १५:२६, काठमाडौँ

च्याम्पियन्स लिग फुटबलको फाइनल रसियाबाट सारिने भएको छ। 

आयोजक यूएफाले रसिया र युक्रेनबीच भएको पछिल्लो द्वन्द्वका कारण रसियाको सेन्ट पिटर्सवर्गमा हुने भनिएको फाइनल खेल्ने सार्ने भएको हो। 

रसियन राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबारबाट युक्रेनमा विशेष सैन्य कारबाही घोषणा गरेका थिए। 

यसअघि च्याम्पियन्स लिगको फाइनल २८ मेमा सेन्ट पिटर्सवर्गको गाजप्रोम एरिनामा हुने तय भएको थियो। 

फाइनलका विषयमा छलफलका लागि यूएफाले शुक्रबार कार्यकारी समितिको आपतकालिन बैठक समेत डाकेको छ। बैठकले अब कहाँ फाइनल आयोजना गर्ने टुंग्गो लगाउँनेछ। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .