ad ad

खेल


टी–२० विश्वकपको ग्लोबल छनोटमा चम्किएका नेपाली खेलाडी

टी–२० विश्वकपको ग्लोबल छनोटमा चम्किएका नेपाली खेलाडी

नेपालखबर
फागुन १४, २०७८ शनिबार १६:५९, काठमाडौँ

टी–२० विश्वकपको ग्लोबल छनोटमा तेस्रो स्थान हात पारेको नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार साँझ नेपाल फर्किएको छ। बिहीबारमात्रै ओमानसँगको खेल जित्दै नेपाली टोली तेस्रो बनेको थियो। 

ग्लोबल छनोटमा नेपालले ५ मध्ये ४ खेल जित्यो। तर सेमिफाइनलमा यूएईसँग पराजित भएपछि अष्ट्रेलियामा आगामी अक्टोबरमा हुने टी–२० विश्वकपमा भने नेपाल पुग्न सकेन। यद्यपी उक्त खेलबाहेक प्रतियोगितामा नेपाली खेलाडीहरुको प्रदर्शन सन्तोषजनक थियो। तीमध्ये प्रतियोगितामा छाएका नेपाली खेलाडीहरु र तिनको प्रदर्शन यस्तो रह्यो–

दीपेन्द्रसिंह ऐरी
दीपेन्द्र ग्लोबल छनोटमा बलिङ, ब्याटिङ र फिल्डिङ तीनवटैमा चम्किए। पाँच खेलको चार इनिङ्समा १५९ रनसहित उनी नेपालबाट रनस्कोर गर्ने खेलाडीको सुचिमा दोस्रो नम्बरमा रहे। एक अर्धशतक प्रहार गरेका उनको नाममा १३ चौका र एक छक्का रहे। 

ग्लोबल छनोटअघि भएको चारदेशीय शृंखलामा उनले ओमानविरुद्ध नटआउट ७३, यूएईविरुद्ध ४१ र आयरल्याण्डविरुद्ध २८ रनको पारी खेले। 

त्यसपछि सुरु भएको छनोटमा ओमानविरुद्ध ११, फिलिपिन्सविरुद्ध ८३, क्यानडाविरुद्ध २७ र यूएईविरुद्ध ३८ रनको पारी खेले। सेमिफाइनलमा ओमानविरुद्ध भने उनले ब्याटिङ नै पाएनन। 

बलिङमा पनि दीपेन्द्रले स्पिनरका रुपमा सन्दीप लामिछानेलाई साथ दिए। पाँचौं खेलमा बलिङ गरेका उनले १४ ओभरमा ७१ रनमात्रै दिएर ३ विकेट लिए। 

सन्दीप लामिछाने
राष्ट्रिय टोलीको कप्तानका रुपमा पहिलोपल्ट प्रतियोगिता सन्दीपको समग्रमा कप्तानी पारी रह्यो। उनले पाँच खेलको पाँच इनिङ्समा सर्वाधिक १२ विकेट लिए। उनले ३.९० को इकोनोमीमा बलिङ गरे।  २० ओभरमा उनले ७८ रनमात्रै दिए। यसैपल्ट उनी नेपालका लागि ५० टी–२० अन्तर्राष्ट्रिय विकेट लिने पहिलो खेलाडी समेत बने। 

चारदेशीय शृंखलादेखि ग्लोबल छनोटसम्मका ८ खेलमध्ये कुनैपनि खेलमा उनी विकेट विहिन रहेनन। चारदेशीय शृंखलामा ओमान, यूएई र आयरल्याण्डविरुद्ध समान १–१ विकेट लिएका थिए। 

ग्लोबल छनोटमा उनले ओमानविरुद्ध ४ ओभरमा २० रन खर्चेर २, फिलिपिन्सविरुद्ध ४ ओभरमा ९ रनमात्रै खर्चेर ३, क्यानडाविरुद्ध ४ ओभरमा १२ रनमात्रै खर्चेर ३ विकेट लिए। उक्त खेलमा उनी म्यान अफ द म्याच समेत चुनिए। टी–२० अन्तर्राष्ट्रिय खेलमा म्यान अफ द म्याच चुनिएका समेत उनी पहिलोपल्ट हो। 

त्यसपछि यूएईविरुद्धको खेलमा उनले ४ ओभरमा २४ रन दिएर १ विकेट र अन्त्यमा ओमानविरुद्ध ४ ओभरमा १३ रनमात्रै दिएर ३ विकेट लिए। 

कुशल भुर्तेल
ग्लोबल छनोटको पाँच खेलमा ओपनर कुशल भुर्तेलले ५ खेलमा २०५ रन जोडे। उनी सर्वाधिक रन स्कोर गर्ने नेपाली ब्याटरसमेत हुन्। यसक्रममा उनले एक अर्धशतक र एक शतक प्रहार गरे। उनका नाममा २१ चौका र ३ छक्का रहे।

चारदेशीय शृंखलामा ओमानविरुद्ध अर्धशतक नेपालबाट टी–२० मा सर्वाधिक ५ अर्धशतक बनाउने खेलाडीसमेत बने। यसअघि पूर्व कप्तान पारस खड्काले टी–२० मा नेपालका लागि १ शतक र ४ अर्धशतक प्रहार गरेका थिए।

चोटका कारण चारदेशीय शृंखलाका सुरुवाती दुई खेल गुमाएपनि आयरल्याण्डविरुद्ध खेल्दै उनले १५ रन बनाए। लगत्तै ओमानविरुद्ध नचलेका उनी कमजोर फिलिपिन्सविरुद्ध १०४ रनको नटआउट इनिङ्स खेल्दै टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने तेस्रो नेपाली खेलाडी बने। 

क्यानडाविरुद्ध ३४ रन जोडेपनि यूएईविरुद्ध सेमिफाइनलमा ७ रनमै आउट भए। लगत्तै तेस्रो स्थानका लागि फेरि ओमानविरुद्ध भएको खेलमा उनले ५५ रनको नटआउट अर्धशतकीय इनिङ्स खेले। 

अविनाश बोहरा
ढाडको समस्याका सोमपाल कामी बन्द प्रशिक्षणमै नपरेपछि नेपालको तीव्रगतिको बलिङ सम्हाल्ने जिम्मेवारी  करण केसीको काँधमा आएको थियो। करण केसीपनि खुट्टाको चोटका कारण ग्लोबल छनोट नखेल्ने भएपछि अविनाश बोहराले उक्त जिम्मेवारी सम्हाले। 

अभिनाशले ५ खेलमा ८ विकेट लिए। १६ ओभरमा उनले ९८ रनमात्रै खर्चे। ओमानविरुद्धको पहिलो खेलमा उनले ३ ओभरमा ११ रनमात्रै खर्चेर १ विकेट लिए। यस्तै फिलिपिन्सविरुद्ध ३ ओभरमा २१ रन लिएर १ तथा क्यानडाविरुद्ध ३ ओभरमा ७ रनमात्रै दिएर २ विकेटसहित सानदार बलिङ गरे। 

सेमिफाइनलमा यूएईविरुद्ध भने ४ ओभरमा ४६ रन दिएर केही महँगा भएपनि उनले ३ विकेट लिए। यस्तै ओमानविरुद्धको अन्तिम खेलमा ३ ओभरमा १३ मात्रै दिएर १ विकेट लिए। 

कमलसिंह ऐरी
अनुभवी तीव्रगतिका बलरद्वय सोमपाल र करणको अनुपस्थितिमा कमलले नेपालको स्ट्राइक बलिङको कमान सम्हाले। ४ खेलमा १३ ओभर बलिङ गरेका उनले ६ विकेट लिए। उनको इकोनोमी ५.४६ कोमात्रै थियो। 

छनोटमा ओमानविरुद्धको पहिलो खेलमै उनले ३ ओभरमा १५ रनमात्रै दिएर ३ विकेट लिएका थिए। फिलिपिन्सविरुद्ध भने उनलाई आराम दिइएको थियो। क्यानडाविरुद्ध उनले ३ ओभरमा १६ रनमात्रै दिएर २ विकेट लिए। 

सेमिफाइनलमा यूएईविरुद्ध भने ४ ओभरमा ३० रन खर्चदा कुनै विकेट पाएनन। तर तेस्रो स्थानका लागि ओमानविरुद्ध खेल्दा पुनः ३ ओभरमा १० रनमात्रै खर्चेर १ विकेट लिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .