खेल


एपीएफ ललितपुर मेयर महिला च्याम्पिनयसिपको फाइनलमा

एपीएफ ललितपुर मेयर महिला च्याम्पिनयसिपको  फाइनलमा

नेपालखबर
फागुन १३, २०७८ शुक्रबार ११:४७, काठमाडौँ

ज्योति पाण्डेको विष्फोटक ब्याटिङको मद्दतमा एपीएफ महिला क्लब ललितपुर मेयर महिला च्याम्पिनयसिपको फाइनलमा प्रवेश गरेको छ। 

शुक्रबार भएको पहिलो खेलमा एपीएफले ललितपुर मेयर्स एघार महिला टोलीलाई ७ विकेटले पराजित गर्दै एपीएफ एक खेल अगावै फाइनलमा पुगेको हो। 

एपीएफले ३ खेलबाट ६ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ। ललितपुर भने तिनै खेलमा हार भोग्दै तालिकाको पुछारमा छ। 

ललितपुरले दिएको ८१ रनको लक्ष्य एपीएफले १३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो। एपीएफकी ओपनर ज्योति पाण्डेले ५६ रनको विष्फोट पारी खेलिन्।

४५ बलको सामना गरेकी पाण्डेले ११ चौका हानिन्। रोमा थापा ११ रनमा नटआउट रहिन्। कप्तान सीता राना मगर १ र ममता चौधरी ५ रनमा रनआउट भए। सरिता मगर ८ रन बनाउँदा क्याच आउट भइन्।

​ललितपुरकी अनुराधा चौधरीले एक विकेट झारिन्। 

त्यसअघि किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ८० रनको योगफल तयार पारेको थियो।

ललितपुरका लागि सुमन खतिवडाले ३० र आरती विडारीले २१ रन जोड्न बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्। ललितपुरका ३ खेलाडी रन आउट भए। 

एपीएफका करुणा भण्डारी र सुमन विष्टले समान एक विकेट झारे। 

एपीएफले आफ्नो अन्तिम खेलमा आईतबार लुम्बिनी प्रदेशसँग खेल्नेछ। ललितपुरले पनि आईतबार नै प्रदेश १ सँग खेल्ने तालिका छ। 

आजै हुने दोस्रो खेलमा सुदुरपश्चिम प्रदेश र प्रदेश १ खेल्नेछन्। 

५ टोली सहभागी प्रतियोगिताको शीर्ष २ टोलीले उपाधिका लागि सोमबार खेल्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad