इंग्लिस प्रिमियर लिगअन्तर्गत बिहीबार राति भएको खेलमा आर्सनलले वुल्भरहाम्पटन वान्डरर्सलाई २–१ गोल अन्तरले हराएको छ।
खेलेको १० औं मिनेटमा नै वुल्भसले अग्रता लिएको थियो। तर, उसले यो अग्रता अन्तिम समयसम्म भने बचाउन सकेन।
खेलको ८२ औं मिनेटमा आर्सनलका निकोलास पेपेले बराबरी गोल फर्काएका थिए। खेलको इन्ज्युरी समयमा आर्सनलले एक आत्मघाती गोल उपहारको रुपमा पायो र आर्सनल २–१ ले विजयी भयो।
यससँगै आर्सनलले लिगमा २४ खेलबाट ४५ अंक जोडेको छ। लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले २६ खेलबाट ६३ अंक हात पारेको छ।
45
Shares
प्रतिक्रिया