हिमालयन शेर्पा र फ्रेण्ड्स क्लबले बराबरी खेल्दै कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको यात्रा टुंग्याएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा शेर्पा र फ्रेण्ड्स क्लबले एक एक गोलको बराबरी गर्दै अंक बाँडे।
खेलको पहिलो हाफ गोलरहित सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भयो।
खेलको ७४ औँ मिनेटमा दिवस उराउको आत्मघाति गोलमा फ्रेण्ड्स क्लबले सुरुवाती अग्रता बनाएको थियो। ८९ औँ मिनेटमा शेर्पाले बराबरी गोल गर्दै खेलमा फर्कियो।
शेर्पाका विसोन गुरुङले गोल गर्दै खेललाई एक एक को बराबरीमा ल्याए।
बराबरीसँगै शेर्पाले १३ खेलबाट १४ अंक पुर्याएको छ। शेर्पाले लिगमा ३ खेलमा जित दर्ता गर्यो।
५ खेलमा बराबरी र त्यति नै खेलमा हार भोग्यो। फ्रेन्ड्सले भने १३ खेलबाट ११ अंक जोड्दै १२औं स्थानमा रहेर लिग सकायो। फ्रेन्ड्सले २ खेलमा जित, ५ मा बराबरी र ६ खेलमा हार भोग्यो।
Shares
प्रतिक्रिया