आईसिसी टी-२० विश्वकपको ग्लोबल छनोटमा तेस्रो स्थानका लागि हुने खेलमा नेपालले ओमानविरुद्ध टस हारेर फिल्डिङको निम्तो पाएको छ।
टस जितेर ओमानका कप्तान जिशान मकसुदले ब्याटिङ लिने निर्णय गरेका हुन्। यसअघि मंगलबार भएको सेमिफाइनल खेलमा पराजित हुँदै दुवै टोली तेस्रो स्थानका लागि भिड्न लागेका हुन्।
नेपालले खेलमा एक परिवर्तन गरेको छ। तीव्र गतिका बलर जितेन्द्र मुखियाको स्थानमा स्पिनर सागर ढकाललाई मौका दिइएको छ।
यसअघि यूएईविरुद्ध मंगलबार सेमिफाइनलमा हारेसँगै नेपालको टी-२० विश्वकप २०२२ मा पुग्ने सपना सकिएको थियो।
नेपालको सुरुवाती-११ मा कप्तान सन्दीप लामिछाने, आसिफ शेख , ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, सागर ढकाल, विवेक यादव, कमलसिंह ऐरी र अभिनास बोहरा छन्।
171
Shares
प्रतिक्रिया