ad ad

खेल


लिगका अन्तिम चरणका ४ खेल मात्रै रंगशालामा

लिगका अन्तिम चरणका ४ खेल मात्रै रंगशालामा

नेपालखबर
फागुन १०, २०७८ मंगलबार १८:५२, काठमाडौँ

कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगको १३ औँ तथा अन्तिम चरणका ७ मध्ये ४ खेल मात्रै दशरथ रंगशालामा हुने भएको छ। लिगका ९१ खेलमध्ये अब ७ खेल मात्रै बाँकी छन्। 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार सार्वजनिक गरेको खेलतालिका अनुसार लिगका ४ खेल दशरथ रंगशाला र बाँकी ३ खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने भएको हो। 

तैह्रौँ चरणको पहिलो खेलमा फागुन १२ गते रेलिगेसनमा परेको च्यासल युथ क्लबले सातदोबाटो युथ क्लबसँग खेल्दै ए डिभिजनबाट बिदा हुनेछ। सो खेल एन्फा मैदानमा हुनेछ। सोही दिन हुने दोस्रो खेलमा हिमालयन शेर्पाले फ्रेण्ड्स क्लबसँग दशरथ रंगशालामा खेल्नेछ। 

१३ गते जावलाखेल युथ क्लबले संकटा क्लबसँग दशरथ रंगशालामा खेल्नेछ। सोही दिन बी डिभिजनमा झरेको ब्रिगेड ब्वाईज क्लबले थ्रीस्टारसँग एन्फा मैदानमा खेल्दै ए डिभिजन यात्रा सकाउनेछ। 

लिगको अन्तिम चरणको अन्तिम दिनमा ३ खेल हुनेछ। फागुन १४ गते एन्फा मैदानमा हुने खेलमा न्युरोड टिम एनआरटीले नेपाल पुलिस क्लबसँग खेल्नेछ। 
सोही दिन दशरथ रंगशालामा त्रिभुवन आर्मी फुटबल क्लवले मनाङमस्र्याङ्दी क्लबसँग खेल्नेछ।

लिगको ९१ औँ तथा अन्तिम खेलमा नेपाल एपीएफ फुटबल क्लबले लिग विजेता मछिन्द्र फुटबल क्लवसँगको खेलसँगै यो संस्करणको लिगको अन्त्य हुनेछ।  

यो संस्करण लिगको उपाधि विजेताको छिनोफानो ११ औँ चरणमा भएको थियो। १२ औँ चरणमा रेलिगेसनमा पर्ने २ टोलीको टुङ्गो लागेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .