राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल आईसीसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकामा नेपाली टोलीलाई बधाई ज्ञापन गरेकी छन्।
ओमानमा जारी टी–२० विश्वकप क्रिकेट छनोट खेलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेपछि साेमबार साँझ सामाजिक सञ्जालमार्फत राष्ट्रपति भण्डारीले नेपाली क्रिकेट टोलीका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई हार्दिक बधाई दिएकी हुन्।
उनले भनेकी छन्, ‘ओमानमा जारी टी–२० विश्वकप क्रिकेट छनोट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली टोलीले विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफल हुनुहोस्, अग्रिम शुभकामना।’
ओमानको मस्कटस्थित क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा साेमबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल क्यानडालाई ८ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो।
Shares

प्रतिक्रिया