प्रधानमन्त्री शेरबहादुर देउवाले आईसीसी टी–२० विश्वकप क्रिकेट छनोटमा क्यानडालाई हराउँदै सेमिफाइनलमा पुगेकामा नेपाली क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका छन्।
ओमानमा जारी टी–२० विश्वकप क्रिकेट छनोट खेलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेपछि साेमबार साँझ सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाले क्यानडाविरुद्ध ८ विकेटको जित निकाल्दै ‘टी–२० विश्वकप ग्लोबल छनोट’को सेमिफाइनल प्रवेश गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई हार्दिक बधाई दिएका हुन्।
उनले भनेका छन्, ‘क्यानाडाविरुद्ध जीत निकाल्दै टी– विश्वकप ग्लोबल छनोटको सेमिफाइनल प्रवेश गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई हार्दिक बधाई। मङ्गलबार हुने सेमिफाइनलमा पनि विजयी हुँदै नेपाललाई विश्वकपमा छनोट गराउन सफल हुनुहुनेछ भन्ने शुभेच्छासहित सम्पूर्ण टोलीलाई शुभकामना व्यक्त गर्दछु।’
ओमानको मस्कटस्थित क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा साेमबार भएको समूह चरणको अन्तिम खेलमा क्यानडालाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो।
Shares
प्रतिक्रिया