स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि ४–१ को सहज जित हात पारेको छ।
बार्सिलोनालाई जित दिलाउने क्रममा पिएरे एमेरिक औबामेयाङले ह्याट्रिक गरे।
उनले खेलको २३, ३८ र ६३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्। त्यस्तै बार्सिलोनाका फ्रेन्की डे जोङले बार्सिलोनाको लागि १ गोल थपे।
औबामेयाङ फेब्रुअरी २ मा आर्सनलबाट फ्रि ट्रान्सफरमा बार्सिलोना आएका हुन्।
आइतबारको खेलमा जित हात पारेसँगै बार्सिलोना लिगको चौथो स्थानमा उक्लिएको छ।
उसले ला लिगाका २४ खेलबाट ४२ अंक हात पारेको छ। लिगको शीर्षस्थानमा रहेको रियल मड्रिडले २५ खेलबाट ५७ अंक जोडेको छ।
27
Shares
प्रतिक्रिया