नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले डेब्यू गरेको खेलमा उनको टोली आबुधाबी शुक्रबार राति भएको पहिलो खेलमा बराबरी गरेको छ।
टि-१० लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शेख जयाद स्टेडियममा सम्पन्न खेलमा पारसको टोली आबुधाबी र कलन्दर्शबीचको खेल बराबरीमा भएको हो।
आधुधाबीले बनाएको १ सय ३ रन नै कलन्दर्शले बनायो। कलदर्शले ७ विकेट बाँकी हुँदा पनि लक्ष्य भेट्टाउन सकेन। कलन्दर्शले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर १ सय ३ रन जोड्यो।कलन्दर्शका कप्तान डेविड मिलानले ३३, लुकी रान्चीले २३ तथा फिल साल्टले २२ रन जोडे।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पारसको टोली आबुधाबीले निर्धारित १० ओभरमा ६ विकेट गुमाएर १ सय ३ रन जोडेको थियो।
उसका कोरी एन्डरसनले २२ बलमा ३ छक्का र ३ चौकासहित ४३ रन जोडे। यस्तै लुकी रुइटले २० रन जोडे। पारस ३ बलमा ३ रन जोड्दै नटआउट रहे।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व छाडे लगत्तै पारसलाई टि-१० लिग खेल्ने मौका मिलेको थियो।
प्रतिक्रिया