ad ad

खेल


टी-२० आईमा सन्दीपको कोशेढुंगा, बने तेस्रो छिटो ५० विकेट लिने खेलाडी

टी-२० आईमा सन्दीपको कोशेढुंगा, बने तेस्रो छिटो ५० विकेट लिने खेलाडी

नेपालखबर
फागुन २, २०७८ सोमबार १७:६, काठमाडौँ

आयरल्याण्डविरुद्धको जारी टी-२० अन्तर्राष्ट्रिय खेलमा एक विकेट लिएसँगै नेपालका कप्तान सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रिय(आई)मा ५० विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन्। 

सन्दीपले जारी चारदेशीय टी-२० शृंखला अन्तर्गत आयरल्याण्डविरुद्धको खलको १८औं ओभरमा जर्ज डकरललाई आउट गर्दै उक्त कोशेढुंगा पार गरेका हुन्। 

टी-२० आईको इतिहासमा सन्दीप तेस्रो सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने खेलाडी समेत बने। सन्दीपले २९ खेलमा उक्त विकेट लिएका हुन्। 

सन्दीप अघि श्रीलंकाका बो मेन्डीसले २६ र आयरल्याण्डका मार्क एडिरले २८ खेलमा ५० विकेट पूरा गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .