ad ad

राजनीति


स्थानीय निर्वाचनमा राजनीतिक दलको चिन्ह खोस्नु खेदजनक : केसी

स्थानीय निर्वाचनमा राजनीतिक दलको चिन्ह खोस्नु खेदजनक : केसी

नेपालखबर
फागुन २, २०७८ सोमबार १६:५५, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले स्थानीय तहको निर्वाचनमा सम्बन्धित दललाई चुनाव चिन्ह प्रयोग गर्न नदिनु खेदजनक कार्य भएको बताएका छन्। 

सोमबार निर्वाचन आयोगमा पार्टीको तर्फबाट डेलिगेसन गएका अध्यक्ष केसीले राष्ट्रिय मान्यताप्राप्त नगरेका दललाई सम्बन्धित दलको चुनाव चिन्ह प्रयोग गर्न नदिनु षडयन्त्र भएको बताए। निर्वाचन आयोगले राजनीतिक दलको चुनाव चिन्ह खोस्न नमिल्ने उनको भनाई छ।

अध्यक्ष केसीसहितका नेताहरुले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग भेट गरी आयोगको सो निर्णयप्रति आपत्ति जनाएका छन्।

जनमोर्चाले स्थानीय निर्वाचनमा दललाई सम्बन्धित दलको चुनाव चिन्ह प्रयोग गर्न दिनुपर्ने माग गरेको छ। 

आयोगले आगामी स्थानीय तहको निर्वाचनमा राष्ट्रिय मान्यताप्राप्त दलबाहेकका दललाई सम्बन्धित दलको चुनाव चिन्ह प्रयोग गर्न नदिने बताएको छ। 

निर्वाचन आयोग पुगेको राजमो प्रतिनिधिमण्डलमा अध्यक्ष केसीसहित कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, उपाध्यक्षद्वय जनकराज शर्मा र दुर्गा पौडेल, महासचिव मनोज भट्ट, सचिव हिमलाल पुरी, राष्ट्रिय सभा सदस्य राजेश विक लगायत नेता सहभागी थिए।

निर्वाचन आयोगले राष्ट्रिय मान्यताप्राप्त दलबाहेकलाई स्थानीय निर्वाचनमा सम्बन्धित दलको चुनाव चिन्ह नदिने निर्णय गरेपछि साना दलले त्यसको विरोध गरेका छन्। 

राष्ट्रिय मान्यता प्राप्त दल हुन प्रतिनिधि सभामा प्रत्यक्षततर्फ कम्तिमा एक सिट र समानुपातिकमा तीन प्रतिशत मत ल्याएको हुनुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .