ad ad

खेल


बेइजिङमा भारी हिमपात, शीतकालीन ओलम्पिकमा आएका पाहुना प्रभावित

बेइजिङमा भारी हिमपात, शीतकालीन ओलम्पिकमा आएका पाहुना प्रभावित

नेपालखबर
फागुन २, २०७८ सोमबार ८:१९, काठमाडौँ

चीनको राजधानी सहर बेइजिङमा शीतकालीन ओलम्पिक चलिरहेका समयमा भारी हिमपात हुँदा खेलमा सहभागी हुन आएका खेलाडी र पाहुनासमेत अत्यधिक चिसोले प्रभावित भएका छन्। 

बेइजिङ मौसम विज्ञान पूर्वानुमान शाखाले बेइजिङमा आइतबार १२ः५५ देखि भारी हिमपात हुनसक्ने र सहरमा औसत ४ मिलिमिटरभन्दा बढी हिमपात हुने जानकारी दिएको थियो। बाटोमा धेरै हिमपात भएका कारण यातायात सेवासमेत प्रभावित बनेको छ। 

बेइजिङमा जारी शीतकालीन ओलम्पिकमा प्रतिस्पर्धा गरिरहेका स्वदेशी तथा विदेशी खेलाडी आइतबार बिहान सबेरै भारी हिउँको वर्षासँगै ब्यूँझिएका थिए।

सोमबार ५ः०० बजेसम्म उत्तर र पश्चिमका कतिपय क्षेत्रमा नै ६ देखि १० मिलिमिटर बढी हिउँ जम्मा हुने अनुमान छ। यद्यपि सोमबार भने हिमपात रोकिने चीनको मौसम पूर्वानुमान निकायले बताएको छ। 

सोमबार दिनभर जसो सहरका केही स्थानमा तापक्रम २ डिग्रीसम्म रहनेछ। जबकी बेलुकाको तापक्रम ६ डिग्री सेल्सियससम्म हुनसक्ने पूर्वानुमान शाखाद्वारा अनुमान गरिएको छ। 

हिउँको प्रभावका कारण आइतबार र सोमबार केही क्षेत्रमा एक किलोमिटरभन्दा कम मात्र देखिन सक्ने भन्दै सडकमा यातायात सञ्चालन गर्दा सावधानी अपनाउन भनिएको छ। 

विशेष गरी सन् २०२२ को बेइजिङ शीतकालीन ओलम्पिकका लागि आएका पाहुना तथा आयोजकको सहजीकरणका लागि सहरभर हिउँ सफा गर्ने काम सुरु गरिएको छ।

भारी हिमपातका कारण भएको कडा दृश्यावरोधले शीतकालीन ओलम्पिकका केही खेलहरू स्थगित गरिएको छ। रासस/सिन्ह्वा
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .