ad ad

खेल


एनआरटी र हिमालयन शेर्पाले बराबरी अंक बाँडे

एनआरटी र हिमालयन शेर्पाले बराबरी अंक बाँडे

नेपालखबर
फागुन १, २०७८ आइतबार १६:२५, काठमाडौँ

न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबले शहीद स्मारक ए डिभिजन लिगमा बराबरी गर्दै अंक बाँडेका छन्। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको दशौँ चरणको खेलमा शेर्पा र एनआरटीले गोलरहित बराबरी खेल्दै अंक बाँडे। 

बराबरीसँगै एनआरटी सातौँ स्थानमा छ। ३ खेलमा जित, ५ खेलमा बराबरी र २ खेलमा हार भोगेको एनआरटीको १४ अंक छ। 

समान खेलबाट १२ अंक जोडेको शेर्पा आठौँ स्थानमा छ। शेर्पाले दशौँ चरणसम्म आईपुग्दा  ३ खेलमा जित, ३ खेलमा बराबरी र ४ खेलमा हार भोगेको छ। 

दशौँ चरणको अन्तिम खेलमा आज नै एपीएफ फुटबल क्लब र संकटा क्लब खेल्दैछन्। खेल अपरान्ह पौने ५ बजे सोही रंगशालामा सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .