इंग्लिस प्रिमियर लिग अन्तर्गतको बिहीबार राति भएको खेलमा लिभरपुलले लिस्टर सिटीमाथि २–० गोल अन्तरको महत्वपूर्ण जित हात पारेको छ।
बिहीबार भएको खेलमा लिभरपुललाई जित दिलाउने क्रममा डिएगो जोटाले दुवै गोल गरेका थिए।
खेलको ३४ औं मिनेटमा गोल गर्दै लिभरपुललाई १–० गोल अन्तरको अग्रता दिलाएका जोटाले ८७ औं मिनेटमा अर्को गोल थपेका थिए।
यससँगै अंकतालिकामा दोस्रो स्थानमा रहेको लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंकदुरी ९ अंकमा झारेको छ।
लिभरपुलले २३ खेलबाट ५१ अंक जोडेको छ भने १ खेल बढी खेलेको म्यानचेस्टर सिटीले ६० अंक जोडेको छ।
21
Shares
प्रतिक्रिया