खेल


राखेपमा देखिएको शून्यता हटाउन माग गर्दै विरोध प्रदर्शन

राखेपमा देखिएको शून्यता हटाउन माग गर्दै विरोध प्रदर्शन

नेपालखबर
माघ २०, २०७८ बिहिबार १४:६, काठमाडौँ

नेपालका ३ खेलसम्बद्ध संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा देखिएको शून्यता हटाउन माग गर्दै बिहीबार शान्तिपूर्ण विरोध गरेका छन्। 

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए), नेपाल ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले खेलकुदलाई अनिर्णयको बन्दी बनाउन नहुने र खेलकुदका गतिविधिलाई सुरु गर्न माग गर्दै बिहीबार शान्तिपूर्ण विरोध गरेका हुन्। 

राखेप सदस्यसचिवको विवाद टुङ्गो नलाग्दासम्म खेलकुदलाई चलायमान गराउन र रिटको छिटो टुङ्गो लगाउन सर्वोच्च अदालतसँग पनि आग्रह गरेका छन्। 

सदस्यसचिवको विवाद नटुङ्गिँदासम्म चीनमा हुने एसियन गेम्स, गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद र पाकिस्तानमा हुने १४औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा प्रभाव परेको तिनै संघका अध्यक्षले बताएका छन्। 

सरकारले तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवाललाई गत कात्तिक १ गते बर्खास्त गर्दै टंकलाल घिसिङलाई मंसिर १३ गते सदस्यसचिव नियुक्त गरेको थियो। 

सिलवालले आफ्नो बर्खास्ती रोक्न र घिसिङको नियुक्ति खारेजीको माग गर्दैै दायर गरेको मुद्दामा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

त्यसयता दुईपटक रिटको सुनुवाइका लागि पेसी तोकिए पनि दुवै पटक सरेको थियो। अदालतले यो विषयका लागि माघ २४ गते पुनः पेसी तोकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad