ad ad

खेल


आईपीएलमा लखनऊको नयाँ टोलीको नाम सार्वजनिक

आईपीएलमा लखनऊको नयाँ टोलीको नाम सार्वजनिक

नेपालखबर
माघ ११, २०७८ मंगलबार ७:६, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनऊस्थित नयाँ टोलीको नाम सार्वजनिक भएको छ।

भारतीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार उक्त टोलीको नाम लखनऊ सुपर जायन्ट्स रहनेछ। यस वर्षको आईपीएल १० टोलीबीच हुने भएसँगै आईपीएलमा दुई टोली थपिन लागेका हुन्।

त्यसमध्ये एक टोलीको नाम टुङ्गो लागेको हो। अर्को टोली अहमदाबादको रहनेछ। यद्यपि यसको नाम भने टुङ्गो लागेको छैन। 

आगामी महिना खेलाडी किनबेचको लागि मेगा अक्सन हुनेछ। यसमा सन् २०२१ को टोलीहरुले बढीमा ४ खेलाडीलाई मात्र अक्सनमा नराखी टोलीमा समावेश गर्न पाउँछन्। 

नयाँ टोलीहरुले ३ खेलाडीहरुबाट आफ्नो टोली बनाउन सक्छन्। लखनऊ सुपर जायन्ट्सले आफ्नो टोलीको कप्तानमा केएल राहुललाई छानेको छ।

त्यस्तै उसले अष्ट्रेलियाका मार्कस स्टोइनिस र भारतीय लेगस्पिनर रवि विस्नोइलाई टोलीमा भित्र्याएको छ। 

त्यस्तै नामको टुङ्गो लाग्न बाँकी रहेको अहमदाबादको टोलीले भने हार्दिक पाण्ड्या, अफगानिस्तानका लेगस्पिनर रासिद खान र भारतीय ओपनर सुबमन गिललाई टोलीमा राखेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .