ad ad

खेल


आयोजक सहारा क्लब पहिलो खेलमै पराजित

आयोजक सहारा क्लब पहिलो खेलमै पराजित

नेपालखबर
माघ ६, २०७८ बिहिबार १८:१४, काठमाडौँ

आयोजक सहारा क्लबलाई पराजित गर्दै नेपाल एपीएफ फुटबल क्लब पोखरामा सुरु २० औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ। 

पोखरा रंगशालामा बिहिबार भएको उद्घाटन खेलमा सहारा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै एपीएफ क्वार्टरफाइनलमा प्रवेश गरेको हो। 

एपीएफको जितमा आवास लामिछाने र प्रदीप लामाले एक एक गोल गरे। खेलको १४ औँ मिनेटमा आवास लामिछानेले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ६०औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपिएफको अग्रता दोब्बर पारे। 

प्रतियोगिताको क्वार्टरफाइनलमा एपीएफले अमेरिकाको भुटानिज युथ स्पोर्टस क्लबसँग शनिबार खेल्नेछ। 

प्रतियोगितामा शुक्रबार हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ। 

प्रतियोगितामा ए डिभिजनका ८ सहित १० टोलीले प्रतिस्पर्धा गर्दैछन्। 

प्रतियोगिताको उपाधि विजेताले १० लाख १ हजार रुपैयाँ तथा उपविजेताले ५ लाख १ हजार रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .