ad ad

खेल


अर्थमन्त्री शर्मा भन्छन्– कञ्जुस्याइँ नगरीकन खेलकुदमा लगानी गर्छौँ

अर्थमन्त्री शर्मा भन्छन्– कञ्जुस्याइँ नगरीकन खेलकुदमा लगानी गर्छौँ

फाइल तस्बिर


नेपालखबर
माघ ५, २०७८ बुधबार १६:३४, काठमाडौँ

अर्थमन्त्री जनार्दन शर्माले सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ नगर्ने बताएका छन्। 

बुधबार प्रधानमन्त्री कप पुरुष टी–२० क्रिकेट प्रतियोगिता विजयी टिमलाई पुरस्कार वितरण कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ नगर्ने बताएका हुन्। 

उनले नेपालको खेलकुद क्षेत्रमा कमजोर पूर्वाधार हुँदा पनि खेलाडीले राम्रो मिहिनेत गरेको बताए। 

मन्त्री शर्माले खेलाडीले मेहनत गरे अनुसार पूर्वाधार र खेलाडीको सेवा सुविधा नभएको स्वीकार गरे। उनले खेलकुद पूर्वाधारको विकास र खेलाडीको सेवा सुविधा बढाउने विषयमा सरकारको ध्यानाकर्षण भएको पनि बताए। 

उनले सरकारले खेलाडीको सेवा सुविधा बढाउने  विषयमा पहल गर्ने पनि बताए। 

अर्थमन्त्र िशर्माले भने, ‘नेपालको खेलकुद क्षेत्रमा कमजोर पूर्वाधार रहेको छ । यस्तो पूर्वाधार कमजोर भएको अवस्थामा पनि खेलाडीहरुले जुन मेहनत गरि रहनु भएको छ । त्यो प्रशंसा योग्य छ । यो प्रतियोगितामा सातै प्रदेशको टिम सहभागी हुनुभएको छ । जसरी खेलाडीहरुले क्रिकेटमा गर्नु भएको मिहिनेतअनुसार सरकारले पूर्वाधारको विकास र सेवा सुविधाहरु थप्न सकेको छैन । खेलाडीले पनि मेहनत अनुसार सेवासुविधा पाउनु भएको छैन । त्यस विषयमा सरकारको ध्यानाकर्षण भएको छ।’ 

सरकारले पूर्वाधार विकास र खेलाडीको सेवा सुविधा दिन कुरामा सक्दो प्रयास गर्ने उनले बताए। 

यस विषयमा अर्थ मन्त्रालयको पूर्ण सहयोग रहने भन्दै उनले थपे, ‘विश्वकपको छनोटको लागि जाँदै हुनुहुन्छ । पछिल्लो समय नेपालमा क्रिकेटको आकर्षण बढेको छ । राष्ट्रिय तथा अन्त्र्राष्ट्रिय रुपमा नेपाली खेलाडीले उत्कृष्टता प्रस्तुत गर्नुभएको छ। अर्थ मन्त्रालयको तर्फबाट क्रिकेट संघलाई क्रिकेट खेल्ने स्थानमा लाइटको अभाव भएकाले काम अगाडि बढाउनु भनेको छु। खेलाडीले गर्ने जिममा समेत समस्या रहेको पाएको छु। त्यो विषयमा खेलकुद सचिवले हेर्नुहुन अनुरोध गर्दछु।’ 

उनले खेलकुदमा सरकारले कुनै कन्जुस्याइँ नगरी लगानी गर्नुपर्ने उल्लेख गरे। 

खेलकुदसँग सम्बन्धित मन्त्रालयले पूर्वाधार निर्माण लगायतका काम अगाडि बढाउँदा अर्थ मन्त्रालयको सहयोग हुने बताउँदै उनले नयाँ प्रशिक्षक आएको र उनकै पालामा विश्वकपमा सहभागी भएकोले फेरि पनि सहभागी भएर नेपालले सफता पाउने विश्वास लिएको उल्लेख गरे।  

अर्थमन्त्री शर्माले पछिल्लो समय नेपालमा क्रिकेटमा आकर्षण बढ्दै गएको बताए। उनले क्रिकेटमा आकर्षण बढेअनुसार नेपाली खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उत्कृष्टता प्रस्तुत गर्न सफल भएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .