ad ad

खेल


प्रधानमन्त्री कप क्रिकेटः पुलिसलाई हराउँदै एपीएफले जित्यो उपाधि

प्रधानमन्त्री कप क्रिकेटः पुलिसलाई हराउँदै एपीएफले जित्यो उपाधि

प्रधानमन्त्री कप जितेपछि एपीएफको टोलीलाई उपाधि दिइँदै। तस्बिर : विक्रम राई/नेपालखबर


नेपालखबर
माघ ५, २०७८ बुधबार १३:३९, काठमाडौँ

विभागीय एपीएफ क्लबले प्रधानमन्त्री कप क्रिकेटको उपाधि जितेको छ।

बुधबार भएको फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपीएफले उपाधिमा कब्जा जमाएको हो। 

पहिले ब्याटिङ गरेको एपीएफ १९ ओभर ५ बलमा १५७ रनमा अलआउट भएको थियो। एपीएफका लागि अमर रौतेलाले २९, लोकेश बमले २७ र सन्दीप जोराले २४ रन बनाएका थिए।

पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान ३/३ विकेट लिए। त्यस्तै गुल्सन झाले २ तथा आरिफ शेखले १ विकेट लिए। 

१५८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन मात्र बनाउन सक्यो।

उसका लागि दीपेन्द्र सिंह ऐरीले ६५ रन बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। दिलिप नाथले पनि २३ रन बनाएका थिए।

एपीएफका किशोर महतोले ३ विकेट लिए भने अविनाश बोहोरा, अमर रौतेला र दिपक बोहोराले १-१ विकेट लिए।

सबै तस्बिर : विक्रम राई/नेपालखबर 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .