मिडफिल्डर दर्शन गुरुङ चम्कदा न्युरोड टिम (एनआरटी) ले शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटीले जावलाखेललाई २–० गोल अन्तरले पाखा लगाएको छ।
एनआरटीको जितमा दुवै गोल दर्शन गुरुङले गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा भयो।
खेलको ६९ औँ मिनेटमा दर्शन गुरुङले गोल गर्दै एनआरटीलाई सुरुवाती अग्रता दिलाएका थिए।
७३ औँ मिनेटमा स्टेफन समीरको पासमा दर्शनले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे।
जितसँगै एनआरटीले दुई स्थान सुधार गरेको छ। ९ खेलबाट खेलबाट १३ अंक जोडेर छैटौँ स्थानमा उक्लिएको छ।
१२ अंक भएको सातदोबाटो युथ क्लब भने सातौँ स्थानमा झरेको छ। ९ खेलबाट ८ अंक भएको जावलाखेल भने १० औँ स्थानमा यथावत छ।
Shares
प्रतिक्रिया