ad ad

खेल


शीतकालीन ओलम्पिकमा स्वर्णपदक विजेतालाई ऊनीका पुष्पगुच्छा दिइने

शीतकालीन ओलम्पिकमा स्वर्णपदक विजेतालाई ऊनीका पुष्पगुच्छा दिइने

नेपालखबर
माघ ३, २०७८ सोमबार १२:१२, काठमाडौँ

यसपटकको शीतकालीन ओलम्पिकमा स्वर्णपदक विजेतालाई ऊनबाट बनाइएको पुष्पगुच्छा दिइने भएको छ।

यसअघिको ओलम्पिकमा फूलकै पुष्पगुच्छा दिइँदै आए पनि यसपटकको शीतकालीन ओलम्पिकमा नयाँ प्रयोग हुने भएको हो। 

आगामी फेब्रुअरी ४ देखि चीनको राजधानी सहर बेइजिङमा शीतकालीन ओलम्पिक सुरु हुँदै छ। यो ओलम्पिक फेब्रुअरी २० सम्म चल्नेछ। यो ओलम्पिकसँगै बेइजिङ ग्रीष्मकालीन र शीतकालीन दुवै ओलम्पिक आयोजना गर्ने विश्वको पहिलो सहर बन्नेछ।

यसअघि सन् २००८ मा बेइजिङमा ग्रीष्मकालीन ओलम्पिक आयोजना भएको थियो।  

चिनियाँ सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार स्वर्णपदक विजेतालाई हेङयुआनसियाङ ग्रुपले उक्त ऊनको कपडाहरु उपलब्ध गराउनेछ।

यो कम्पनी शीतकालीन ओलम्पिकको आधिकारिक प्रायोजक पनि हो। 

यस किसिमको कपडा परम्परागत तरिकाबाट निर्माण गरिएको हुन्छ।

स्वर्णपदक विजेतालाई दिइने गुच्छामा विभिन्न सात किसिमको फूल आकारको ऊनको कपडा हुन्छ र त्यसलाई बाँधिएको रिबनमा ‘बेइजिङ २०२२’ लेखिएको हुन्छ। 

त्यस्तै यसै वर्ष बेइजिङमा हुने पारालम्पिक खेलमा पनि स्वर्णपदक विजेतालाई यस्तै गुच्छा प्रदान गरिनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .