ad ad

खेल


अतिरिक्त समयमा विजय भुजेलको गोलले थ्रीस्टार विजयी

अतिरिक्त समयमा विजय भुजेलको गोलले थ्रीस्टार विजयी

नेपालखबर
माघ १, २०७८ शनिबार २०:२७, काठमाडौँ

कतार एअरवेज शहिद स्मारक ए डिभिजनज लिगमा संकटा क्लबको अपराजित यात्रामा पूर्णविराम लागेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटा क्लब १-० गोल अन्तरले थ्रीस्टारसँग पराजित भएको हो। 

थ्रीस्टारको जितमा विजय भुजेलले निर्णायक गोल गरे। सब्टिच्युट खेलाडी भुजेलले खेलको अतिरिक्त समयको सातौँ मिनेटमा गोल गर्दै थ्रीस्टारको जित पक्का गरे। 

जितसँगै थ्रीस्टार अंक तालिकाको चौथो स्थानमा उक्लेको छ। ९ खेलमा ४ मा जित, ४ मा हार र १ खेलमा पराजित भएको थ्रीस्टारले १६ अंक जोडेको छ। 

संकटा क्लबले नवौँ चरणमा आएर पहिलो हार भोगेको हो। ९ खेलबाट ३ खेलमा जित, ५ मा बराबरी र १ खेलमा हार भोगेको संकटाको १४ अंक छ। 

शनिबार नै भएको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले फ्रेण्ड्स क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको छ। 

जितसँगै आर्मी तेस्रो स्थानमा यथावत छ। लिगमा १ खेलमा पनि जित निकाल्न नसकेको फ्रेण्ड्स क्लब भने अंक तालिकाको अन्तिममा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .