इंग्लिस प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड वुल्भरहाम्टन वान्डरससँग १–० गोल अन्तरले पराजित भएको छ।
खेलको ८२ औं मिनेटमा वुल्भरहाम्टन वान्डरसका जोआओ माउटिन्होले निर्णायक गोल गरेका थिए।
वुल्भरहाम्टनले म्यानचेस्टर युनाइटेडलाई सन् १९८० पछि पहिलोपटक उसकै मैदानमा हराएको हो।
यससँगै म्यानचेस्टर युनाइटेडका नयाँ प्रशिक्षक राल्फ रंगानिकको अपराजित यात्रा पनि रोकिएको छ।
यससँगै म्यानचेस्टर युनाइटेडले लिगमा १९ खेलबाट ३१ अंक बनाएको छ भने वुल्भ्सले समान खेलबाट २८ अंक जोडेको छ।
लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको २१ खेलबाट ५३ अंक छ।
69
Shares
प्रतिक्रिया