खेल


पुबुदु दासानायके नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त

पुबुदु दासानायके नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त

नेपालखबर
मंसिर २५, २०७८ शनिबार १०:१५, काठमाडौँ

पुबुदु दासानायके नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका छन्।

शनिबार बिहान बसेको नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले दासानायकेलाई प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाली क्रिकेट टोलीका सफल प्रशिक्षकमध्येका एक दासानायकेले सन् २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालेका थिए। उनकै प्रशिक्षणमा नेपालले सन् २०१४ मो पहिलो पटक टी-२० विश्वकप खेलेको थियो। पुबुदुको प्रशिक्षणमा नेपालले डिभिजन ४ देखि ३ सम्म उपाधि जितेको थियो।

यसअघि क्यानले मुख्य प्रशिक्षकमा आवेदन दिएका ६० जनामध्ये अन्तिम ५ जनाको अन्तर्वार्ता लिएको थियो। 

जसमा भारतीय प्रशिक्षक मोन्टी देसाईसँगै  राष्ट्रिय टोलीका पूर्व प्रशिक्षकसमेत रहेका पुबुदु,  श्रीलंकाका अशंखा गुरुसिंहा, न्यूजिल्याण्डका ग्रान्ट ब्राडवर्न र श्रीलंकाका रुवान कल्प थिए।

क्यानले कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लको संयोजकत्वमा ५ पाँच सदस्यीय मुख्य प्रशिक्षक छनोट समिति गठन गरेको थियो। छनोट समितिमा समितिमा कोषाध्यक्ष रोशन कुमार सिंह, महाप्रबन्धक रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का एक प्रतिनिधि थिए। 

समितिले मोन्टी देसाईलाई १ नम्बरमा छनोट गरे पनि उनीसँग पारिश्रमिक र समयको कुरा नमिलेपछि पुबुदुलाई प्रशिक्षकमा नियुक्त गरिएको हो। 

यो पनि हेर्नुहाेस्- पुबुदु नेपालको नयाँ प्रशिक्षक बन्ने पक्का, आईसीसीको स्वीकृति पर्खिंदै क्यान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad