रियल मड्रिड तथा स्पेनको राष्ट्रिय टिमका पूर्व कप्तान सर्जियो रामोसले पेरिस सेन्ट जर्मनमा आइतबार डेब्यु गर्ने भएका छन्।
यसै सिजन रियल मड्रिड छाडेर पीएसजीमा अनुबन्ध भएका रामोसले लामो प्रतीक्षापछि पीएसजीमा पहिलो खेल खेल्न लागेका हुन्।
लिग–१ मा आइतबार साँझ पौने ६ बजे सुरु हुने एसटी एटिन्नीविरुद्ध उनी सुरुवात ११ मै समावेश छन्।
सिजनको सुरुमै फ्रि एजेन्टका रुपमा अनुबन्ध भए पनि लगातार चोटका कारण उनी मैदान बाहिर रहँदै आएका थिए।
यसअघि म्यानचेस्टर सिटीविरुद्धको खेलमा वैकल्पिकको सूचीमा रहेपनि उनले खेल्ने मौका पाएका थिएनन्।
जारी सिजन १४ खेलमा ३७ अंक जोडेको पीएसजी शीर्षस्थानमा छ। एक खेलबढि खेलेको नाइसलाई उसले ११ अंकले पछि पारिसकेको छ।
66
Shares
प्रतिक्रिया