ad ad

खेल


जित्नै पर्ने खेलमा यूएईद्वारा नेपालले पायो १२८ रनको लक्ष्य

जित्नै पर्ने खेलमा यूएईद्वारा नेपालले पायो १२८ रनको लक्ष्य

नेपालखबर
मंसिर १२, २०७८ आइतबार १२:५१, काठमाडौँ

आईसीसी वुमन्स टी–२० विश्वकपको एशियाली छनोटमा युएईले नेपाल सामु १ सय  २८ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

आइसिसी एकेडेमी २ ग्राउन्डमा नेपालले टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय  २७ रनको योगफल तयार पारेको हो। 

युएईका लागि चमानी सेनेभिरत्नले सर्वाधिक ५२ रनको योगदान गरिन्। ३६ बलको सामना गरेकी उनले ७ चौका हानिन्। उनी कविता कुवँरको बलमा बोल्ड आउट हुन पुगिन्। 

दोस्रो विकेटका लाग ओपनर तिर्थ साथिस र काविसा इगोडाजेले ५८ रनको साझेदारी गरे। 

ओपनर तिर्थ ४७ रनमा सिता राना मगरको बलमा बोल्ड आउट हुन पुगिन्। 

काभिसा २२ रन जोड्दा क्याच आउट हुन पुगिन्। अर्की ओपनर ईसा ओजा ४ रनमा कविता कुवँरको बलमा बोल्ड आउट भईन्। समाइरा धर्निभर्का सवनम राईको बलमा एबीडब्लु आउट भईन्। 

नेपालका लागि कविता कुवँरले २ विकेट झारिन्। संगिता राई, सवनम राई र सिता रानामगरले समान एक विकेट झारे। 

आजको खेलको विजेताले आगामी वर्ष हुने टि–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ। 

युएई ४ खेलमा अपराजित रहँदै ८ अंकमा शीर्ष स्थानमा छ। एक खेलमा हार तथा ३ खेलमा जित निकालेको नेपाल ६ अंकमा दोस्रो स्थानमा छ। 

नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएपछि दबाबमा परेको थियो।  नेपालले भुटानलाई ८ विकेट, कुवेतलाई ९ विकेट र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। 

उता युएईले भने मलेसियालाई ३० रन, हङकङलाई ११ रन, भुटानलाई ४७ रन र कुवेतलाई ७ विकेटले हराउँदै शीर्ष स्थानमा रहेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .