कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा आइतबार एक खेल मात्रै हुँदै छ।
आइतबार हुने खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब भिड्नेछन्।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न पौने ५ बजे सुरु हुनेछ। लिगको पहिलो चरणमा जित निकाल्न नसकेका दुवै टोली पहिलो जितको खोजीमा मैदान उत्रिँदै छन्।
पहिलो चरणमा जावलाखेल मनाङ मस्र्याङ्दी क्लवसँग १–० ले पराजित भएको थियो। उता नेपाल पुलिस क्लवले अर्को विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग १–१ को बराबरी खेलेको थियो।
57
Shares
प्रतिक्रिया