ad ad

खेल


लगातार हार भएपछि एपीएफ प्रशिक्षक थापाले भने: अब विदेशी खेलाडी ल्याउन ढिला गर्न हुन्न

लगातार हार भएपछि एपीएफ प्रशिक्षक थापाले भने: अब विदेशी खेलाडी ल्याउन ढिला गर्न हुन्न

नेपालखबर
मंसिर ११, २०७८ शनिबार १७:५, काठमाडौँ

सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो हार बेहाेरेपछि नेपाल एपीएफ फुटबल क्लबका मुख्य प्रशिक्षक कुमार थापाले अब विदेशी खेलाडी ल्याउन ढिला गर्न नहुने बताएका छन्। 

च्यासल युथ क्लबसँग १–० को हार बेहाेरेपछि प्रशिक्षक थापाले भने, ‘आफ्नै स्तरका टोलीसँग लगातार दोस्रो खेल गुमाएपछि हामीलाई गाह्रो भएको छ। अब पनि विदेशी खेलाडी ल्याउन ढिला भयो भने हामीलाई गाह्रो हुनेछ।’ 

तीन विभागीय टोलीमध्ये त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफले एफसी लाइसेन्स प्राप्त गरिसकेका छन्। जसले गर्दा विदेशी खेलाडी राख्ने बाटो खुलिसकेको छ। 

प्रशिक्षक थापाले भने, ‘क्लब लाइसेन्स पाएपछि अरु विभागीय टिमले पनि विदेशी खेलाडी नल्याएपछि हामीले पनि त्यसलाई फलो गर्यौँ। तर त्यसलाई अब ओपन हुनपर्छ, विभागीय खेलाडीले मात्रै पनि धान्न त गाह्रो छ।’ 

‘व्यवस्थापकका तर्फबाट पनि त्यसलाई प्राथमिकतामा राख्नपर्छ’, थापाले भने, ‘विभागीयबाहेक सबै टिममा विदेशी खेलाडी छन्। त्यसले गर्दा लेभल फरक छ। त्यसले गर्दा हामीलाई गाह्रो छ। एउटा टोलीमा ४ जना विदेशी खेलाडी हुनु भनेको धेरै हो।’

थापाले थपे, ‘अघिल्लो खेलमा भन्दा राम्रो प्रर्दशन गरेका हौं। तर नतिजाको हिसाबले राम्रो भएन। ६ अंक गुमाउनु भनेको नराम्रो हो। अबको दिनमा एकदम गाह्रो छ।’

उनले थपे, ‘मिडफिल्डमा सेटअप हुन गाह्रो छ। क्लब लाइसेन्स भएपछि विदेशी खेलाडी राख्ने राम्रो मौका छ। त्यसबारे सोच्दै छौँ। राम्रो विदेशी खेलाडी पायौँ भने राख्ने छौँ। टिम व्यवस्थापकसँग कुरा भैरहेको छ। त्यो पनि सम्भावना छ। अहिले विदेशी खेलाडी ल्याएन भने गाह्रो छ।’ 

च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले आफूहरुले अघिल्लो खेलको दाँजोमा प्रदर्शनमा सुधार गरेको सुनाए। 

‘पहिलो चरणको नतिजा राम्रो थिएन’, उनले भने, ‘आज अंक जोड्न सफल भयौँ युवा टिम थियो। खेलाडीले बललाई च्यालेन्ज गरेर खेलेका छन्। बलमा सहज भए पनि हाम्रो डिफेन्सलाई तोड्न सक्दैन भन्नेमा ढुक्क थियौँ। हामीले सेटमा धेरै ध्यान दिएका थियौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .