खेल


यूएईलाई हराउँदै यसरी पुग्नसक्ने नेपाल ग्लोबल छनोटमा

यूएईलाई हराउँदै यसरी पुग्नसक्ने नेपाल ग्लोबल छनोटमा

फाइल तस्बिर


नेपालखबर
मंसिर ११, २०७८ शनिबार १३:३१, काठमाडौँ

नेपालको आईसीसी टी–२० महिला विश्वकपको लागि ग्लोबल छनोटमा पुग्ने सम्भावना कठिन बनेको छ। यूएईमा जारी एसिया छनोटमा पहिलो खेलमा नै पराजयको सामना गरेको नेपालले ग्लोबल छनोटमा आफ्नो स्थान सुरक्षित गर्न आइतबार हुने यूएईसँगको खेलमा ठूलो अन्तरको जित हात पार्नुपर्ने हुन्छ। 

यद्यपि यो विकल्प नेपालको लागि त्यति सजिलो भने पक्कै पनि छैन। घरेलु टोली यूएई यो प्रतियोगितामा सबैभन्दा बलियो देखिएको छ। यूएईले ६ राष्ट्र सम्मिलित प्रतियागितामा अहिलेसम्म खेलेको सबै खेल जित्दै आफूलाई शीर्षस्थानमा राख्न सफल भएको छ। उसले ८ अंक जोडिसकेको छ। साथै उसको नेट रनरेट पनि अन्य टोलीको भन्दा राम्रो छ। 

यस्तोमा नेपाललाई आइतबारको खेल जित्नु नै चुनौती हुनेछ। प्रतियोगिताका सबै टोलीले आफ्नो अन्तिम खेल खेल्न बाँकी छँदा मलेसिया, भुटान र कुवेतको सम्भावना सकिइसकेको छ। समूहको तेस्रो स्थानमा रहेको हङकङको पनि विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावना कायमै छ। यद्यपि उसको सम्भावना पनि नेपाल र यूएईबीच आइतबार हुने खेलले निर्धारण गर्नेछ।

आइतबारको खेलमा नेपालले ठूलो अन्तरले यूएईलाई हराउन सकेको अवस्थामा नेपाल समूह विजेता बन्न सक्छ। नेपालले झिनो अन्तरले यूएईलाई हराएको अवस्थामा भने यूएई नै समूह विजेता बन्न सक्छ। यद्यपि समीकरण यस्तो बनेको अवस्थामा हङकङले यसको लाभ उठाउन सक्छ।

आइतबारै हङकङले कुवेतविरुद्ध खेल्दै छ। कुवेत समूहमा सबैभन्दा कमजोर देखिएको छ। यस्तोमा हङकङले यो खेल जित्न सक्ने देखिएको छ। तर, हङकङको नेट रनरेट नेपाल र यूएईको तुलनामा कम छ। त्यसैले हङकङले ग्लोबल छनोटमा पुग्न यूएईको हारको प्रार्थना त गर्नु छँदै छ,आफूले पनि ठूलो अन्तरको जित निकाल्नुपर्ने हुन्छ। 

यूएईको लागि भने आइतबारको खेलमा जित निकाल्नु ग्लोबल छनोटमा पुग्न पर्याप्त हुनेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad