अष्ट्रेलियाको क्रिकेट बोर्डले प्याट कमिन्सलाई टेस्ट क्रिकेटको लागि कप्तान बनाएको हो। साथै पूर्व कप्तान स्टिभ स्मिथलाई उपकप्तान बनाइएको छ।
अघिल्लो साता टेस्ट क्रिकेट टोलीका कप्तान टिम पेनले आफूमाथि आपत्तिजनक म्यासेजको विषयमा अनुसन्धान हुने भएसँगै कप्तानबाट राजीनामा दिएका थिए।
अहिले उपकप्तानका रुपमा नियुक्त भएका स्मिथ सन् २०१८ मा बल टेम्परिङको कारण कप्तानबाट हटेका थिए। बीबीसीका अनुसार अब स्मिथ पनि नेतृत्वको भूमिकामा फर्किने अपेक्षा छ।
कमिन्सले आफूलाई टोलीको कप्तानको जिम्मेवारी दिइएकोमा आभार व्यक्त गरेका छन्। डिसेम्बर ८ बाट अष्ट्रेलियाको इंगल्याण्डसँगको टेस्ट सिरिज सुरु हुँदै छ।
24
Shares

प्रतिक्रिया