खेल


आपत्तिजनक म्यासेजको कारण कप्तानी छाडेका पेनले तत्काल क्रिकेट नखेल्ने

आपत्तिजनक म्यासेजको कारण कप्तानी छाडेका पेनले तत्काल क्रिकेट नखेल्ने

नेपालखबर
मंसिर १०, २०७८ शुक्रबार ७:३३, काठमाडौँ

अष्ट्रेलियाको टेस्ट क्रिकेट टोलीका पूर्व कप्तान टिम पेनले तत्काल क्रिकेट नखेल्ने भएका छन्। आफ्ना सहकर्मीलाई आपत्तिजनक म्यासेज पठाएको आरोपमा विवादित बनेसँगै  कप्तानी छाडेका पेनले सबै प्रकारका क्रिकेटबाट तत्कालको लागि छुट्टी लिएको घोषणा गरेका हुन्। 

गत साता प्रहरीले सन् २०१७ मा महिला सहकर्मीलाई पठाएको म्यासेजबारे अनुसन्धान थालेसँगै पेनले राजीनामा दिएका थिए। त्यसपछि मानसिक तनावमा रहेको कारण उनलाई केही समयको आराम आवश्यक रहेको उनका प्रशिक्षक जेम्स हेन्डर्सनले बताएका छन्। 

अष्ट्रेलिया र इंगल्याण्डबीचको टेस्ट क्रिकेट सिरिज डिसेम्बर ८ देखि सुरु हुँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad