च्याम्पियन्स लिगअन्तर्गत समूहको ईको खेलमा मंगलबार राति बेन्फिकाले बार्सिलोनालाई बराबरीमा रोकेको छ। यससँगै बार्सिलोना एक खेल अगावै अन्तिम १६ मा पुग्नबाट बञ्चित भएको छ। साथै उसको नकआउट चरणको यात्रा केही कठिन पनि बनेको छ।
मंगलबार राति भएको खेलमा बराबरी खेलेसँगै बार्सिलोनाले समूहमा पाँच खेलबाट ७ अंक बनाएको छ। अब उसले अन्तिम खेलमा समूहको बलियो टोली बार्यन म्युनिखसँग खेल्नेछ।
यो खेलमा जित हात पारेको अवस्थामा बार्सिलोना अन्तिम १६ मा पुग्नेछ। उक्त खेलमा हारेको वा बराबरीको नतिजा हात पारेमा उसले बेन्फिकाले डाइनामो किभसँगको खेल गुमाउने वा बराबरीको लागि प्रार्थना गर्नुपर्ने हुन्छ।
बेन्फिकाले पाँच खेलबाट ५ अंक हात पारेको छ। समूह ईबाट बार्यन म्युनिख यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ।
66
Shares

प्रतिक्रिया