जोर्डनको फुटबल संघले इरानी महिला टोलीको गोलकिपरलाई पुरुष भनेको विषयमा विवाद बढेको छ। ३२ वर्षीया जोरेह कोउदाईले यस विषयमा जोर्डनको फुटबल संघविरुद्ध मुद्दा हाल्ने बताएकी छन्।
गत सेप्टेम्बर २५ मा इरानले जोर्डनलाई पोनाल्टी सुटआउटमा ४–२ ले हराउँदा कोउदाईले दुई पेनाल्टी रोकेकी थिइन्।
यससँगै इरानको महिला टोली पहिलोपटक एसिया कपको लागि छानिएको थियो। यद्यपि यो खेलपछि जोर्डको फुटबल संघले एसियाली फुटबल संघ (एएफसी) सँग उनको लिंग पहिचानको माग गरेको थियो ।
कोउदाइले भनिन्, ‘म महिला हुँ। जोर्डनले धम्क्याउने काम गरिरहेको छ,’ टर्कीको पत्रिका हुरियेतसँगको कुराकानीमा उनले भनिन्, ‘म जोर्डनको फुटबल संघविरुद्ध मुद्दा हाल्छु।’
नोभेम्बर ५ मा जोर्डनले एएफसीलाई लेखेको पत्रमा इरानको महिला टोलीमा पुरुषले पनि खेल्ने गरेको इतिहास भेटिएको भन्दै उनको पनि लिंग पहिचान हुनुपर्ने उल्लेख छ।
यस विषयमा एएफसीका प्रवक्ताले भने अनुसन्धान जारी रहेकाले यस विषयमा कुनै प्रतिक्रिया दिन नमिल्ने बताए ।
इरानी टोलीकी प्रशिक्षक मारयान इरानदूस्तले भने जोर्डनले हार स्वीकार गर्न नसकेको कारण बहाना खोजिरहेको बताइन् । उनले कुनै समस्या नआओस् भन्नका लागि मेडिकल टोलीले निरन्तर खोलाडीको जाँच गर्ने गरेको बताएकी छिन्।
Shares

प्रतिक्रिया