फिफा विश्वकप २०२२ को युरोपेली छनोटअन्तर्गत मंगलबार बिहान भएको समूह एफको खेलमा स्कटल्याण्डले डेनमार्कलाई २–० गोल अन्तरले पराजित गरेको छ।
डेनमार्कलाई हराउने क्रममा स्कटल्याण्डका जोन साउटर र चे एडम्सले एक÷एक गोल गरे।
यससँगै स्कटल्याण्डले विश्वकप छनोटको लागि प्ले अफमा आफ्नो स्थान सुरक्षित गरेको छ। डेनमार्क यसअघि नै विश्वकपको लागि छनोट भइसकेको छ।
डेनमार्क १० खेलबाट २७ अंक हात पार्दै समूहको शीर्षस्थानमा छ भने स्कटल्याण्डले समान खेलबाट २३ अंक हात पारेको हो।
105
Shares

प्रतिक्रिया