फिफा विश्वकप २०२२ को युरोपेली छनोटअन्तर्गत मंगलबार बिहान भएको समूह आईको खेलमा इंगल्याण्डले कमजोर टोली सान मारिनोमाथि १०–० को फराकिलो जित हात पारेको छ।
इंगल्याण्डका लागि ह्यारी केन एक्लैले चार गोल गरे। उनले दुई गोल पेनाल्टीमार्फत् गरेका हुन्। सन् १९६४ पछि इंगल्याण्डले कुनै पनि टोलीविरुद्ध दोहोरो अंकको गोल गरेको हो।
खेलको पहिलो हाफमा नै ६ गोल खाएको सान मारिनो दोस्रो हाफको ६८ औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो।
ह्यारी केनले यसअघि अल्बानियासँगको खेलमा पनि ३ गोल गरेका थिए। यससँगै इंगल्याण्ड समूह आईको शीर्षस्थानमा रहँदै विश्वकपको लागि छनोट भएको छ।
उसले १० खेलबाट २६ अंक हात पारेको छ। दोस्रो स्थानमा रहेको पोल्याण्डको समान १० खेलबाट २० अंक छ।
72
Shares

प्रतिक्रिया