स्पेन फिफा विश्वकप २०२२ को लागि छनोट भएको छ। सोमबार बिहान भएको खेलमा स्वीडेनलाई १–० गोल अन्तरले पराजित गर्दै स्पेनले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो।
युरोपेली छनोटअन्तर्गतको समूह बीको अन्तिम खेलमा स्पेनले स्वीडेनलाई स्तब्ध पारेको हो।
स्पेनलाई जित दिलाउन एल्भारो मोराटाले खेलको ८६ औं मिनेटमा निर्णयक गोल गरे।
यससँगै समूह बीमा स्पेनले ८ खेलबाट १९ अंक जोड्दै समूहको शीर्षस्थान हासिल गरेको हो। समान खेलबाट १५ अंकसहित स्वीडेन दोस्रो स्थानमा छ। स्वीडेनले विश्वकपमा छनोटको लागि प्ले अफ खेल्नुपर्नेछ।
42
Shares

प्रतिक्रिया