खेल


डेभिड वार्नर बने टी–२० विश्वकपको उत्कृष्ट खेलाडी

डेभिड वार्नर बने टी–२० विश्वकपको उत्कृष्ट खेलाडी

नेपालखबर
कात्तिक २९, २०७८ सोमबार ७:४, काठमाडौँ

डेभिड वार्नर आईसीसी टी–२० विश्वकपको उत्कृष्ट खेलाडी बनेका छन्। आइतबार राति भएको खेलमा अष्ट्रेलियालाई उपाधि दिलाउने क्रममा अर्धशतकीय पाली खेलेका वार्नरलाई विश्वकपकै उत्कृष्ट खेलाडी घोषणा गरिएको हो। 

न्युजिल्याण्डसँगको खेलमा वार्नरले चार चौका र तीन छक्काको सहयोगमा ५३ रन प्रहार गरेका थिए। वार्नरले समग्रमा यो विश्वकपमा सात खेलबाट २८९ रन प्रहार गरेका छन्। 

३५ वर्षीय वार्नरले भने अष्ट्रेलियाले जित्नुमा टोलीका सबै सदस्यको महत्वपूर्ण योगदान रहेको बताए।

अष्ट्रेलियाले पहिलोपटक टी–२० विश्वकपको उपाधि जितेको हो। उसले पाँच एकदिवसीय विश्वकपको उपाधि पनि जितेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad